प्रधानमन्त्री ओलीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला

 प्रधानमन्त्री केपी शर्मा ओलीले भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आग्रह गरेका हुन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।

ओली लेख्छन्-

 

म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।

यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला। सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपातकालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला।