न्याय परिषद बैठक जारी, बारको घेराउ पानीले प्रभावित
काठमाडौँ, ११ असोजः न्याय परिषद् बैठक बसिरहेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बैठक बसिरहेको छ । उच्च अदालत र सर्वोच्च अदालतमा एकसाथ न्यायाधीश नियुक्ति गर्न बैठक बसेको हो ।
न्यायाधीश नियुक्तिको विरोधमा रहेको नेपाल बार एसोसिएसनले न्याय परिषद घेराउ गर्ने भने पनि पानीका कारण प्रभावित भएको छ । बार पदाधिकारीहरू घेराउका लागि जान सकेका छैनन् ।
त्यसो त बारभित्र पनि नियुक्तिको विरोध गर्ने कि समर्थन भन्नेमा पनि विवाद देखिएको छ । वरिष्ठ अधिवक्ता उपाधिको वितरणले पनि बारभित्र विभाजन ल्याएको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले यसअघि नै चाँडो वरिष्ठ अधिवक्ता उपाधि वितरण गर्न र न्यायाधीश नियुक्ति गर्न ज्ञापनपत्र नै बुझाएको थियो ।
न्यायपालिका अधिकृत समाजले पनि चाँडो नियुक्तिका लागि दबाब दिइरहेको छ ।
तर प्रधानन्यायाधीश श्रेष्ठले जाँदाजाँदै नियुक्तिमा जोडबल गरिरहेको भनेर विभिन्न तहबाट आलोचना भइरहेको छ ।
प्रतिक्रिया