जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

 जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका–१ का स्थायी घर भएका २३ वर्षीय विनोद गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो।  

उहाँका अनुसार एक महिलालाई विभिन्न डर-त्रास धाकधम्की देखाई २०८१ साल जेठ १३ गते रातिदेखि २०८१ भदौ २ गतेसम्म आरुघाट गाउँपालिकाको एक घरमा पटकपटक करणी गरेको आरोपमा पीडितले दिएको जाहेरी दरखास्तको आधारमा आरोपी विनोद गुरुङलाई असोज ७ गते सोमबार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले आरुघाट गाउँपालिकाबाट पक्राउ गरेको हो।  

पक्राउ परे लगत्तै करणी आरोपी विनोद गुरुङलाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बिहीबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।