एभोकाडोका केही स्वास्थ्यवद्र्धक फाइदा, जानाैँ !

नेपालीमा घिउ फल (Butter Fruit) समेत भनिने एभोकाडो (Avocado) मध्यअमेरिका र मेक्सिको मा उत्पत्ति भएको उष्ण प्रदेशीय फल हो । 

समुन्द्र सतह बाट २५०० मिटर सम्म  खेती गर्न सकिने यसकाे फलमा पर्याप्त मात्रामा स्वास्थ्यका लागि लाभदायक फ्याट र कार्बोहाइड्रेट हुन्छ । 

संसारकै फलमध्येमा धेरै पोषक तत्त्व भएको फलका रूपमा लिइने एभोकाडो नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्ष अगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । 

यद्यपि मानिसहरूले यसको महत्त्व नबुझेकाले सेवन भने कम गर्ने गरेका छन् । यहाँ एभोकाडोका केही स्वास्थ्यवद्र्धक फाइदाका बारे बताइएको छ ।

– एभोकाडो बहुपोषक तत्त्व भएको महत्वपूर्ण फल हो । यसमा पछिल्लो समय चल्तीमा रहेको खानेकुरामा अभाव हुने पोषक तत्त्वहरू पनि पाइन्छ । यसमा क्यालोरी, प्रोटिन, फाइबर, भिटामिन सी, भिटामिन ई, भिटामिन के, पोटासियम लगायतका विभिन्न पोषक तत्त्वहरू पान्छन्।

एभोकाडोमा स्वस्थ चिल्लो पदार्थ हुन्छ । यसमा भिटामिन र मिनरल्स प्रयाप्त पाइन्छ । व्यक्तिलाई हरेक दिन आवश्यक पर्ने तत्त्वहरू एउटै फलमा पाइने भएकाले एभोकाडो निकै लोकप्रिय बन्दै गइरहेको छ ।

– एक दाना एभोकाडोमा सरदर १४ ग्राम फाइबर हुन्छ । फाइबर पाचन प्रणालीका लागि निकै फाइदाजनक हुन्छ । यसले पेटको क्यान्सर हुनबाट रोकथाम गर्न मद्दत पुर्‍याउने विज्ञहरूको भनाइ छ ।

–  नियमित रूपमा एभोकाडो खाने व्यक्तिलाई मुटुरोगको जोखिम कम हुने देखिएको हो । भिटामिन, मिनरल्स, स्वस्थ चिल्लो, फाइबर जस्ता तत्वले मुटुसँग सम्बन्धित रोग लाग्ने सम्भावना कम गराउँछन् ।

–  एन्टिअक्सिडेन्ट भरपुर मात्रामा हुने भएकाले एभोकाडो मस्तिष्कको स्वास्थ्यका लागि पनि निकै फाइदाजनक भएको हो । एक सानो अध्ययन अनुसार हरेक दिन एभोकाडो खाने व्यक्तिको शरीरमा रगतको मात्रा बढाएको थियो ।

–  एभोकाडोमा क्यालोरी भएपनि पोषक तत्त्व तथा फाइबरलगायतका तत्त्व पनि हुने भएकाले मोटोपन नियन्त्रणका लागि यो फाइदाजनक रहेको छ ।

–  एभोकाडो गर्भवती तथा स्तनपान गराइरहेका महिलाका लागि निकै फाइदाजनक रहेको छ । गर्भवतीलाई आवश्यक पर्ने पोटासियम, भिटामिन सीलगायतका पोषक तत्त्वहरू एउटै खानेकुराबाट प्राप्त हुन्छ । गर्भवती महिलालाई आवश्यक फोलेट एक दाना एभोकाडोबाट २७ प्रतिशतसम्म प्राप्त हुने विज्ञहरूले बताएका छन् । यसले कब्जियत हुने सम्भावनालाई पनि कम गर्छ ।