‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको प्रकृति र संस्कृतिको विश्व पर्यटन बजारमा बजारीकरण आवश्यक भएको बताउनुुभएको छ ।
    
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा आज आयोजित पोखरा पर्यटकीय राजधानी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल विविधतापूर्ण प्रकृति र संस्कृतिको खुला सङ्ग्रहालय रहेको बताउनुुभएको हो ।
    
पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा यसको साथर्कता पुष्टि हुनेगरी पर्यटकीय प्रवद्र्धन र विकास जरुरी रहेको बताउँदै उहाँले देशकै केन्द्र भागमा रहेको यहाँको पर्यटनले देशको समृद्धिमा विशिष्ट योगदान गर्ने धारणा राख्नुुभयो ।
    
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन राजधानीको दायरा पोखरामात्र नभई फराकिलो रहेको बताउनुभयो । उहाँले भन्नुुभयो, “हाम्रो पर्यटन राजधानी घोषणा यहाँको ब्राण्डिङ पनि हो, पोखरासँगै समग्र गण्डकी प्रदेशलाई हामीले समेटेर अघि बढेका छौँ ।”
    
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले पोखरा विशेष पर्यटकीय सहरका रुपमा स्थापित बनिसकेको बताउँदै यसको सुन्दरतालाई जोगाउनुुपर्ने बताउनुुभयो ।
    
कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री सुरेश अधिकारीले भगवान्ले फुुर्सदमा बनाएको सहर पोखरा देशकै गौरव र सान भएको बताउनुुभयो ।
    
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पोखरा आउने राजमार्गको चाँडो स्तरोन्नतिसँगै पोखरा धनगढी सिधा उडानको आवश्यकता औँल्याउनुुभयो ।
    
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले पर्यटकीय विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै कोशी प्रदेशले विसं २०८२ लाई भ्रमण वर्ष घोषणा गर्न लागेको जानकारी दिनुुभयो ।
    
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मित्रलाल बस्यालले पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा यसको प्रवद्र्धन र विकासलाई उच्च प्राथमिकतामा राखिएको बताउनुुभयो । 

कायक्रममा पोखरा पर्यटन परिषद्का तर्फबाट वासुु त्रिपाठीले पर्यटकीय राजधानी र हाम्रो दायित्व, पोखरा महानगरपालिका पर्यटन विकास समितिका तर्फबाट रविन्द्रराज पौडेलले पोखरा पर्यटन विकास, एक परिकल्पना, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले ‘पोखरा पर्यटनको राजधानी’ विषयक कार्यपत्र प्रस्तुत गर्नुुभएको थियो ।
    
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकीका अध्यक्ष बोबरजङ्ग गुरुङ, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहाल, भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटा, प्राज्ञ नगेन सिंहलगायतले पर्यटन प्रवद्र्धन र विकासबारे सुुझाव दिनुभएको थियो ।