दार्चुलामा जिप दुर्घटना, तीन जना घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

जिल्लाको शैल्यशिखर नगरपालिका-५ ओखडानीमा बुधबार दिउँसो सुपप्र ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। 

बगौरादेखि सेत्कला जाँदै गरेको जिप दुर्घटना हुँदा जिपमा सवार शैल्यशिखर नगरपालिका-४ का २३ वर्षीय हरिश धामी, सोही ठाउँका २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिंह ठगुन्ना घाइते भएका छन्। 

घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था समान्य रहेको प्रहरी निरीक्षक जोशीले बताए। जिप सडकबाट १० मिटर तल खसेको बताइएको छ।