साफ यू –१७ : नेपालले घरेलु टोली भुटानलाइ २ - १ गोलले हराउदैँ, सेमिफाइनलमा

साफ यू –१७ च्याम्पियनसिप फुटबलमा नेपालले  आयोजक भुटानलाई पराजित गरेको छ ।

भुटानको चाङ्लिमिथाङ रङ्गशालामा बुधवार सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई  २ - १ गोलबाट हराएको हो । नेपालका लागि ५५ औ मिनेटका कृष्णबहादुर आलेले फ्रिकीक मार्फत गोल गरे भने ८४ औं मिनेटमा सुजन डंगाेलले गोल गरेका हुन ।

यस अघि सोमबार सम्पन्न खेलमा नेपालले श्रीलङ्कालाई ४- ० गोलले हराएको थियो भने शनिबार सम्पन्न  पहिलो खेलमा  नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो।