सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा गरे व्यापक सुधार

नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा व्यापक सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा जारी पछिल्लो वरियतामा प्रभावशाली लेग स्पिनर सन्दीप एकैपटक ४२ औं स्थानमा उक्लिएका छन् ।

सन्दीप अघिल्लो वरीयताको तुलनामा एकैपटक २२ स्थान माथि उक्लिएका हुन् । पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी भने ४८ औं स्थानमा खस्किएका छन्। उनले अघिल्लो वरीयताको तुलनामा ६ स्थान तल झरेका हुन् ।

यसैगरी, नयाँ वरीयतामा अर्का नेपाली खेलाडी कुशल मल्ल ५१ औं स्थानमा छन् । उनी अघिल्लो वरीयताको तुलनामा सात स्थान तल झरेका हुन् । पछिल्लो अलराउन्डर वरीयतामा नेपाली 
समकालीन विश्व क्रिकेटका थुप्रै प्रभावशाली खेलाडी नयाँ वरीयतामा सन्दीपभन्दा पछाडि छन् । सन्दीपसँगै अस्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि ४१औं वरीयतामा छन् । नेपालका करण केसी ७६औं स्थानमा छन् । उनी विगतको तुलनामा १२ स्थान माथि उक्लिएका हुन् । गुलसन झा पनि १३ स्थान सुधार गर्दै ९१ औं स्थानमा उक्लिएका छन् ।

पछिल्लो एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नाबी पहिलो स्थानमा आसिन छन् । बंगलादेशका सकिब अल हसन दोस्रो र जिम्बाबेका सिकन्दर राजा तेस्रो स्थानमा रहेका छन् । अफगानिस्तानका रासिद खान चौथो र अस्ट्रेलियाका ग्लेन ग्याक्सवेल पाँचौं स्थानमा छन् । आईसीसीले जारी गरेको एकदिवसीय टोलीको पछिल्लो वरीयतामा भने नेपाल एक स्थान तल खस्किएको छ । नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा छ ।