काठमाडौं महानगरपालिकाको क्षेत्रभित्रका पसलहरुले बिक्री गर्ने वस्तुको मूल्यसूची सबैले देख्ने गरी राख्न आग्रह

काठमाडौं महानगरपालिकाको क्षेत्रभित्रका पसलहरुले बिक्री गर्ने वस्तुको मूल्यसूची सबैले देख्ने गरी राख्नुपर्ने भएको छ। जरुरी सूचना निकाल्दै महानगरले खुद्रा तथा थोक बिक्रेतालाई उक्त आग्रह गरेको हो। 

यसबाहेक अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि (ननएक्सपायरी डेट) बाँकी भएको मालसामान मात्र बिक्रीवितरण गर्नुपर्ने महानगरले जनाएको छ। 

यस्तै खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरको सूचनामा उल्लेख छ।  महानगरले कडाइका साथ यी कुरा पालनामा जोड दिएको छ। अनुगमनका क्रममा कैफियत भेटिए, उजुरी परे र गुनासो आएमा प्रचलित कानुनअनुसार कारबाही हुने महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ।