चलचित्र ‘बेहुली फ्रम मेघौली’ : बेहुली हुँदाको कथा लेखे पुरस्कार जित्ने

चलचित्र ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले आकर्षक पुरस्कार जित्ने अवसर ल्याएको छ । बेहुली हुँदाको कथा लेखेर आकर्षक पुरस्कार जित्ने अवसर ल्याइएको निर्माणपक्षले बताएको छ । 

“तपाईंहरूले आफू बेहुली हुँदाको कथा लेखेर हामीलाई पठाएर आकर्षक पुरस्कार पनि प्राप्त गर्न सक्नुहुनेछ,” ‘बेहुली फ्रम मेघौली’की नायिका तथा निर्मात्रा स्वस्तिमा खड्काले भनेकी छन् । 

आफू बेहुली हुँदाको अनुभव तीन सय शब्दमा लेखेर निर्माणपक्षलाई पठाउनुपर्नेछ । कथा÷अनुभव असोज १० गतेदेखि पठाउन सकिने स्वस्तिमाले बताएकी छन् । 

“उत्कृष्ट अनुभवसहितको कथा लेख्ने लेखकलाई हाम्रो चलचित्र बेहुली फ्रम मेघौलीको प्रिमियरमा निमन्त्रणा गरिनेछ । साथै चलचित्रको दुईवटा टिकट पनि प्रदान गरिनेछ,” उनले भनेकी छन्, “यो सुनौलो अवसरको फाइदा उठाइहाल्नुहोस् ।” 

‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुँदै छ । चलचित्रमा निश्चल बस्नेत र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।