फिल्म ‘ज्वाइँ साब’ को एक दृश्य टिकटकमा लिक

फिल्म ‘ज्वाइँ साब’ को एक महत्त्वपूर्ण दृश्य टिकटकमा सार्वजनिक भएको छ।

असोज २४ गते अर्थात दसैंको फूलपातीमा रिलिज हुन लागेको फिल्मको यो दृश्यमा त्रिभुवन विमानस्थलमा जितु नेपाललाई देख्न सकिन्छ ।

‘क्लाइमेक्स दृश्य’ भएको अनुमान गरिएको यो भिडियो सुटिङका क्रममा दर्शकले खिचेर टिकटकमा सार्वजनिक गरेका हुन्। 

जुन दृश्य यसअघि फिल्मको हास्यरसले भरिएको टिजर र एउटा गीत सार्वजनिक भएको गीतलाई लिएर दर्शकले गरेको अनुमान भन्दा फरक देखिन्छ । दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको अनुमान गर्न सकिन्छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’ लगायतका कलाकारहरूको पनि अभिनय छ।

रिलिजअगावै बाहिरियो ‘ज्वाइँ साब’ को क्लाइमेक्स सिन