जितिया पर्व मनाउन सम्बन्धित समुदायलाई आज बिदा

सरकारले आज जितिया पर्व मनाउन सम्बन्धित समुदायलाई बिदा दिएको छ ।

आज चितवनको राप्ती नगरपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । जितिया पर्वको अवसरमा नगरभित्रका सम्पूर्ण कार्यालय, वडा कार्यालय, सामुदायिक र संस्थागत विद्यालय बन्द रहने आज जारी सूचनामा उल्लेख छ । 

नगरपािलकाद्वार जारी गरिएको सूचनामा भनिएको छ, ‘मिति २०८१–०६–०९ गते बुधबारका दिन जितिया पर्व परेको हुँदा सो अवसरमा राप्ती नगरपालिका क्षेत्रमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रम गरी मनाइने हुँदा सो दिन नगर कार्यपालिकाको कार्यालय, वडा तथा अन्तर्गतका कार्यालयहरु र नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा नगर प्रमुखस्तरीय निर्णयानुसार स्थानीय बिदा दिइएको।’


जितिया पर्व विशेषतः मधेशी र थारु समुदायका महिलाले मनाउने गर्छन् । यो पर्व भाद्र शुक्ल चतुर्दशीदेखि आश्विन शुक्ल नवमीसम्म धुमधामसँग मनाइन्छ ।