ला लिगामा रियल म्याड्रिडकाे अल्भेसमाथि कठिन जित

 स्पेनिस ला लिगामा रियल म्याड्रिडले कठिन जित हासिल गरेको छ । रियलले मंगलवार अल्भेसलाई ३-२ ले पराजित गरेको थियो ।

घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन लुकास भ्याजकास,केलियन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए । भ्रमणकारी टोली अल्भेसका लागि कार्लोस बेनाविडेज र किके गार्सियाले गोल गरेका थिए।

खेलको पहिलो मिनेटमा नै रियलका लुकासले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४०औं मिनेटमा एम्बाप्पेको गोलमा रियलको अग्रता दोब्बर भएको । रोड्रिगोले ४८औं मिनेटमा गोल गर्दै रियलको अग्रता ३-० मा पुर्याएका ।

रियल सहज जित तर्फ उन्मुख हुदै थियो । तर, ८५औं मिनेटमा अल्भेसका लागि कार्लोसले गोल गर्दै अन्तर घटाएका थिए। त्यसको अर्को मिनेटमा नै किकेले गोल गरेपछि खेल रोमान्चक बनेको थियो।

अपराजित रियल ७ खेलमा १७ अंकका साथ दोस्रो स्थानमा छ । अल्भेस समान खेलमा १० अंकका साथ आठौं स्थानमा छ ।