विदेशी मुद्राहरुको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १९ पैसा छ। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४८ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ २८ पैसा कायम भएको छ।आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९१ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६३ पैसा कायम भएको छ।आज बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ३९ पैसा र बिक्रीदर तीन सय ५५ रुपैयाँ ९९ पैसा कायम भएको छ।

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची