दुर्गा प्रसाईंले थाले अनशन

साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनशन थाल्नु भएको छ ।

उहाँले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनशन थाल्नु भएको हो ।

आफू क्यान्सरको बिरामी भएको तर प्रहरीले अस्पतालमा नराखी जबरजस्ती हिरासतमा राखेकाले प्रसाईंले हिरासतमै अनशन सुरु गर्नु भएको हो ।