४ वर्षीय शिशुको शव धानखेतमा

सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धानखेतमा ४ वर्षीय शिशुको शव फेला परेको छ।

जिल्लाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने रामनगर गाउँपालिका–२ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धानखेतमा फेला परेको हो। शिशु सोमबार साँझ साढे सात बजे घरबाट हराएका थिए।उनको अबेर रातिसम्म परिवारजनले खोजी गरे पनि भेट्न सकेको थिएन। शिशुको शव मंगलबार मात्र धानखेतमा फेला परेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार घरको ५ सय मिटर टाढा धान खेतमा शिशुको शव फेला परेको हो। शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ।उनको सम्भावित मृत्यु नभएको र घटना शङ्कास्पद देखिएकोमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।