रविले - गोर्खा मिडियामा आएको पैसाको जिम्मेवारी लिन्छु

 पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको  संसदीय छानविन समितिले प्रष्ट पारेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुक लाइभमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘ सहकारी रकम ल्याउने  पक्रियामा मेरो कुनै संलग्नता छैन, रकम ल्याएपछि खर्च गर्ने प्रक्रियामा संलग्नता देखिएको हो, त्यसमा म कानूनी भागिदार हुनुपर्छ भने तयार छु ।