सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू नडराएको दाबी

मलाई पक्राउ गर्न दशैं कुर्नुपर्दैन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफू नडराएको दाबी गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले साढे २ वर्षसम्म एक्लो व्यक्तिलाई सरकारले लखेटिरहेकोमा गुनासो पोख्दै सहकारी ठगी प्रकरणमा आफू सघाउन तयार रहेको बताएका हुन् । ‘साढे २ वर्षसम्म एउटै व्यक्तिलाई लखेट्ने ? मलाई समातेर पीडितलाई न्याय हुन्छ ?’ उनले भनेका छन् ।

गोर्खा मिडिया नेटवर्कमार्फत सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ पर्नुको कारण पनि आफूविरुद्ध केही प्रमाण पाइन्छ की भन्ने हेतुले जोशीलाई पक्राउ गरेको उनको भनाई छ । प्रमाण ल्याए आफूलाई पक्राउ गर्न दशैं कुर्नु नपर्ने पनि बताएका छन् ।