रेशम र रञ्जिताबीच जुट्यो सहमति

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ ।

नाउपाका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद मिलेपछि संयुक्त बैठक असोज १८ र १९ गते बोलाइएको हो ।

रञ्जिता र रेशमलालबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रञ्जिता र रेशमलालबीच सोमबार ७ असोजमा सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी एक भएका हौं र एक रहने छौं’, भन्ने सन्देश सहित रेशम र रञ्जिता दुवैले हस्ताक्षर गरेका छन् ।

स्रोतका अनुसार निर्वाचन आयोगले रेशमलाई अध्यक्ष चुन्ने महाधिवेशनको निर्णयलाई वैधता नदिएकाले कानुनी रुपमा नाउपाको अध्यक्षमा रञ्जिता नै रहनेछिन् । अध्यक्षका रुपमा उनले नै हस्ताक्षर गर्नेछन् । तर पार्टी गतिविधिमा भने रेशम अध्यक्ष रहनेछन्, रञ्जिता पनि साथमा हुनेछिन् । रेशम र रञ्जिता श्रीमान् श्रीमती हुन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक बोलाइएको छ ।नाउपाका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद मिलेपछि संयुक्त बैठक असोज १८ र १९ गते बोलाइएको हो ।