कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक समाचार फैलियाे, म सकुशल छु : प्रियङ्का कार्की

अभिनेत्री प्रियङ्का कार्कीले सामाजिक सञ्जालमा आफ्नो निधनको भ्रामक खबर फैलिएपछि खण्डन गर्दै सकुशल रहेको जानकारी गराएकी छिन् ।

मङ्गलबार उनले इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै भनेकी छिन्, “कार दुर्घटनामा मेरो निधन भएको भन्ने भ्रामक समाचार फैलिएको छ । कृपया चिन्ता नलिनुहोला । म पूर्णरूपमा सुरक्षित छु । र ‘ममी’को सेटमा छु ।”

उनले कुन प्लेटफर्ममा भ्रामक समाचार आएको थियो भन्ने चाहिं खुलाएकी छैनन् ।