श्रीमतिको हत्या गरी श्रीमानले गरे आत्महत्या

काठमाडौँ, ८ असोजः इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

सन्दकपुर गाउँपालिका १ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् । श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्िरहरीले जनाएको छ ।