त्रि वि परीक्षामा एआईको प्रयोग गरेको भेटिएमा परीक्षा रद्द गर्ने

 त्रिभुवन विश्वविद्यालयले परीक्षामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरेको भेटिएमा परीक्षा रद्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको परीक्षा सुधार समितिको बैठकमा त्रिविबाट सञ्चालन हुने कुनै पनि तहको परीक्षामा एआई प्रयोग भएको प्रमाणित भएमा सो परीक्षा रद्द गर्ने निर्णय भएको हो ।

यसका साथै त्रिविअन्तर्गत मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन र विज्ञान तथा प्रविधि अध्ययन संस्थाका विद्यार्थीहरूलाई वार्षिक प्रणालीमा सन् २०५८ देखि र सेमेस्टर प्रणालीमा सन् २०६९ देखि समयसीमा कटेका परीक्षार्थीहरूका लागि एक पटक मात्र मौका परीक्षा दिने निर्णय पनि बैठकले गरेको छ ।

No description available.