रोनाल्डोलाई आराम दिइएको खेलमा  अल नासर विजयी

 अल नासर किंग कप अफ च्याम्पियन्सको राउण्ड १६ मा पुगेको छ ।

गएराती भएको खेलमा अल नासरले अल हाजमलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको राउण्ड १६ मा पुगेको हो ।

अल नासरको जितमा साडियो माने र नवाफ बोउशालले एक एक गोल गरेका थिए । त्यस्तै अल हाजमका लागि बसिल योसेफ अल्सायालीले एक गोल गरेका थिए ।

यस खेलमा अल नासरका क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।