चलचित्र ‘१२ गाउँ’को नयाँ गीत ‘कसो कसो’ सार्वजनिक

चलचित्र ‘१२ गाउँ’को नयाँ गीत ‘कसो कसो’ सार्वजनिक भएको छ । सुवास चन्द्र भुसालको शब्द रचन, निरज सिंहको संगीत र सुगम पोखरेल एवं सदीक्षा कट्टेलको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्रेमिल गीतमा चलचित्रका मुख्य दुई कलाकार समिर भट्ट र शोनु चन्द्रपाललाई फिचरिङ गरिएको छ ।

समीरको अपोजिटमा रहनुभएकी शोनु गुजराती तथा दक्षिण भारतीय टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री हुनुहुन्छ । यो उहाँको डेव्यु चलचित्र हो ।

‘१२ गाउँ’बाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्नुभएको छ । चललचित्रमा विराज भट्ट, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुनजंग शाही, भीष्म जोशी, शुलेमान शंकर, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ ।

विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको यो चलचित्र एक्सन-थ्रिलर कथामा निर्माण भएको छ । चलचित्रका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याउनुभएको छ । तमिल तथा कन्नड चलचित्र द्वन्द्व निर्देशक भएर काम गर्नुभएका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाउनुभएको छ भने छायांकन महेश पौडेलले गर्नुभएको छ