सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा

काठमाडौँ, ८ असोज: तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको २४ महिने, इलेक्ट्रिक २४ महिने र मन्टेश्वरीको इसिडिएफ कक्षाको २४ महिने कार्यक्रम सुरु गर्न लागिएको हो । 

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार यी कक्षाको छनोटका लागि सूचना प्रकाशन गरिएको छ । सूचना प्रविधिमा दुई वटा कोटा रहेका छन् भने अन्य दुई कार्यक्रमका लागि ३० वटा कोटा रहेका उहाँले जानकारी दिनुभयो ।

प्रधानाध्यापक पौडेलले स्वीस सरकारको सहयोगमा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन हुन लागेका बताउँदै एसइई दिएर अनुत्तीर्ण भएकाहरुले समेत उक्त कक्षा लिन पाउने उल्लेख गर्नुभयो । साथै विद्यार्थीलाई प्रतिदिन एक सयका दरले छात्रवृत्ति, पोशाक, दुई लाखसम्मको दुर्घटना बीमा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । परीक्षा शुल्क, रजिस्ट्रेसन शुल्कसमेत नलाग्ने उहाँको भनाइ छ ।

यी कक्षा साढे तीन महिना विद्यालयमा सञ्चालन हुने र बाँकी सम्बन्धित कम्पनीमा प्रयोगात्मक परीक्षण हुने प्रअ पौडेलले बताउनुभयो । सातामा पाँच दिन प्रयोगात्मक र एक दिन सैद्धान्तिक कक्षा हुने भन्दै यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग पु¥याउने विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो ।