एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास)(यसरि हेर्नुहाेस नतिजा)

https://www.see.gov.np/

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन् । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैतमा लिएको नियमित परीक्षामा एनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उतीर्ण भएका हुन् । दुई लाख १० हजार तीन २१ जनाले परीक्षा दिएकोमा एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले एनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् ।

कार्यालयले आठ जनाको उत्तरपुस्तिका रद्द गरेको छ । पौडेलका अनुसार ३.६१ देखि ४ जिपिए ल्याउने १८ जना छन् । जिपिए १.६ देखि २.० ल्याउने ६४ जना, जिपिए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जिपिए २.४१ देखि २।८० ल्याउने ७४ हजार ४ सय ६ जन छन् । जिपिए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन् । त्यस्तै जिपिए ३.१ देखि ३।६ ल्याउने एक हजार ५ सय १८ जना छन् । 

विभिन्न ११ ओटा संस्थाको वेबसाइट, आईभीआर एसएमएसमार्फत राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट बाट नतिजा सहजरुपमा हेर्न सकिने व्यवस्था गरिएको छ।

संस्थाहरुको जानकारी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को बेवसाइटमा राखिएको परीक्षा बोर्डले जनाएको छ।