सरकारका सचिवहरूको बैठकका २४ निर्णयहरू(सुचिसहित)

सरकारले आगामी एक महिनाभित्र सिंहदरबार प्रवेशमा ई–पास प्रणाली लागू गर्ने भएको छ।

सोमबार मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सिंहदरबार प्रवेशमा ई–पास प्रणाली कार्यान्वयन गर्ने निर्णय गरेको हो।

गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा यो प्रणाली एक महिनाभित्र लागू गर्ने निर्णयमा उल्लेख छ।

बैठकले सरकारले साझा संकल्प र नीतिगत प्रतिबद्धतालाई प्राथमिकताका साथ प्रत्येक मन्त्रालयको कार्यक्रममार्फत कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्ताको गुनासो समाधान गर्न क्युआर कोडसहितको एप विकास गरी १५ दिनभित्र लागू गर्ने निर्णय गरिएको छ।

यस्तै, बैठकले यातायात, मालपोत नापी, वैदेशिक रोजगार, राहदानी, अध्यागमन, र जिल्ला प्रशासन कार्यालयहरूमा प्रविधिको प्रयोग गर्दै सेवाहरू सरल बनाउँदै बिचौलियाको भूमिका हटाउने विषयमा ध्यान दिनुपर्ने निर्णय गरेको छ।