वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सहकारी ठगीमा छविराज जोशी पक्राउ परेपछि त्रसित रवि लामिछाने, स्ट्रन्ड गर्दै

कुनै बेलाका ब्यापारिक साझेदार नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछाने त्रसित भएका छन्।  पोखराको सुर्यादर्शन सहकारीको सवा एक अर्ब अपचलन प्रकरणमा प्रहरीले आइतबार छविलाई पक्राउ गरेपछि रवि जुनसुकै बेला पनि पक्राउ पर्नसक्ने भयमा छन्। एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शनसहित चार सहकारीको ६५ अर्ब रुपैयाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो। यसमा सहकारीका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालकद्वय कुमार रम्तेल र जोशीलाई कारबाही गर्न भनेको थियो।

https://barnanmedia.com/news/detail/195330/

दुर्गा प्रसाईँको अनैतिक र अराजक क्रियाकलापको भारी किन बोक्दै छन् सांसद शर्मा

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेसका सांसद एवं मेडिकल व्यवसायी डा‍‍‍.सुनीलकुमार शर्मा त्यसको विरोधमा उत्रिएका छन् । बोलेकै आधारमा पक्राउ गर्नु राज्य आतंक भएको उनको टिप्पणी छ ।विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा आइतबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारस्थित निवासमै गएर साइबर ब्युरोको टोलीले दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । गत बुधबार जिल्ला अदालत, काठमाडौंले प्रहरीलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
अदालतको अनुमति लिएर पक्राउ गरिएको र तत्कालै अदालतमा पेसी गरी अनुसन्धानका लागि म्याद लिएर कानुनी प्रक्रिया पूरा गरिसकिएको विषयमा पनि सांसद शर्माले राजनीतिक शैलीमा टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘जनताको आवाज बोल्ने दुर्गा प्रसाईं जस्ता अभियन्तालाई राज्यले यसरी पक्राउ गर्नु चरम राज्य आतंक हो । यसको घोर भत्र्सना गर्नुपर्छ।’

https://barnanmedia.com/admin-panel/create/news/ 

पत्रकारिता बलियो भए मात्र जनताको मुहारमा हाँसो ल्याउन सकिन्छ

आज हाम्रो लागि खुशी र उत्सवको दिन हो । नेपाली मिडियाको नियमनकारी निकाय प्रेस काउन्सिल नेपालको ५५ औं वार्षिकोत्सवलाई भब्य बनाउन हामी सहभागी भएका छौं ।  यति सम्मानित र विशाल सभामा कार्यक्रम मनाउन पाउँदा हामी अत्यन्तै हर्षित छौं । नेपाली मिडिया जगतलाई मर्यादित, सन्तुलित र विश्वसनीय बनाउन प्रेस काउन्सिल नेपालले आफ्ना कामलाई तिव्रताका साथ अघि बढाइरहेको छ । हामीलाई थाहा छ, अर्थतन्त्र ओरालोमा छ, त्यसको प्रभाव अन्य क्षेत्र जस्तै मिडियामा पनि परेको छ । छापा माध्यम त संकटमै छन् ।

दुर्गा प्रसाईंको समर्थनमा बुटवलमा प्रदर्शन गर्ने ७ जना प्रहरी नियन्त्रणमा 

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा सोमबार बुटवलमा प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ । नागरिक बचाउ अभियान लुम्बिनी प्रदेशले गरेको विरोध प्रदर्शनमा बुटवलको मिलनचोकबाट ७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डितले  बताए ।प्रदर्शनकारीहरूले राजमार्ग चौराहाबाट मिलनचोक आएर चक्काजाम गर्ने तयारी गरेका थिए । प्रहरीले चक्काजाम गर्नुभन्दा अगाडि नै नियन्त्रण लिएको हो । उनीहरू सबैलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

समिर तामाङको ह्याट्रिकमा यु–२० एसियन कप छनोटमा नेपालकाे पहिलो जित

समिर तामाङको ह्याट्रिकप्रेरित नेपालले एएफसी यु–२० एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ।  न्यु ताइपेइस्थित फु जेन क्याथोलिक विश्वविद्यालयको मैदानमा सोमबार भएको खेलमा नेपालले घरेलु टोली चाइनिज ताइपेइविरुद्ध ३–१ को सहज जित हासिल गरेको हो।नेपाल पहिलो खेलमा कम्बोडियासँग ४–१ ले पराजित भएको थियो। नेपाललाई जित दिलाउन तीनै गोल समिर तामाङले गरे। जितसँगै समूह ‘बी’ को नेपालले दुई खेलमा तीन अंक जोडेको छ। दुवै खेलमा पराजित चाइनिज ताइपेइ अंकविहिन छ।खेलको ३२औं मिनेटमा समिरको गोलमार्फत नेपालले सुरुआती अग्रता लिएको थियो। त्यसको तीन मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए । 

इजरायलले लेबनानमा गरेको आक्रमणमा १०० जना मारिए, ४०० घाइते

इजरायलले लेबनानमा रहेको हिजबुल्लाहलाई लक्ष्य गरेर सोमबार गरेको आक्रमणबाट कम्तीमा सय जनाको मृत्यु लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।  दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेसन सेन्टरले जनाएको छ।यसैबीच इजरायलले लेबनानका मानिसहरूलाई हिजबुल्लाहको क्षेत्रमा नबस्न आग्रह गरेको छ।

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने

जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ । जजिराले कुवेत–भैरहवा–कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ ।प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो ।सोही अनुसार जजिराले जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।विमानस्थल बन्द भइसकेको समय (रात) को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो । 

सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्नु : नेप्से 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लगानीकर्तालाई सामाजिक सञ्जालका विश्लेषकको पछि नलाग्न सुझाव दिएको छ। हालै एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले सामाजिक सञ्जालमा आएका विश्लेषणको आधारमा लगानी नगर्न अनुरोध गरेको हो। नेपालमा हालसम्म कुनै पनि निकायले कसैलाई बजार विश्लेषकको रूपमा दर्ता गर्ने वा मान्यता प्रदान गर्ने व्यवस्था गरेको छैन,” सूचनामा भनिएको छ । यसको अर्थ सामाजिक सञ्जालमा सक्रिय विश्लेषकहरू आधिकारिक रूपमा मान्यता प्राप्त व्यक्तिहरू होइनन् । नेप्सेले सामाजिक सञ्जालका प्लेटफर्म फेसबुक, एक्स (ट्विटर), क्लबहाउस, र अन्य माध्यममा देखापर्ने विश्लेषणलाई आधार बनाएर लगानी गर्दा जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएको छ । यस्ता अनधिकृत विश्लेषकको सल्लाहमा भरोसा गरेर निर्णय गर्दा लगानीकर्तालाई नकारात्मक असर पर्न सक्ने भन्दै नेप्सेले सचेत गराए हो ।

‘राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ’

 नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले देशको भाग्य र भविष्य बनाउन राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।  प्रेस चौतारी नेपाल, सिन्धुलीले सोमबार सिन्धुलीमाडीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले एमाले निर्णायक राष्ट्रिय शक्ति बनेर अगाडि बढ्ने बताउनुभयो ।  भन्नुभयो, “अहिले देशमा देखिएको सङ्कटलाई थप बढ्न दिनु हुँदैन । अबको अवस्थामा होस् नपुराए देशलाई कसरी बचाउने भन्ने गम्भिर प्रश्न आउँछ । त्यस कारण पनि राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्छ । एमालेलाई हामी निर्णायक राष्ट्रिय शक्तिका रूपमा परिणत गछौँ ।”

जापानद्वारा रुसी गस्ती विमानद्वारा हवाई क्षेत्र ‘उल्लङ्घन’ को विरोध

एउटा रुसी गस्ती विमानले तीन पटक जापानको हवाई क्षेत्रमा प्रवेश गरेपछि जापानले मस्कोसँग ‘अत्यन्त गम्भीर विरोध’ दर्ता गरेको रक्षामन्त्रीले सोमबार बताउनुभएको छ । उहाँले यसलाई सन् २०१९ यताको पहिलो पुष्टि गरिएको अतिक्रमण भन्नुभयो ।  एउटा रुसी गस्ती विमानले तीन पटक जापानको हवाई क्षेत्रमा प्रवेश गरेपछि जापानले मस्कोसँग ‘अत्यन्त गम्भीर विरोध’ दर्ता गरेको रक्षामन्त्रीले सोमबार बताउनुभएको छ । उहाँले यसलाई सन् २०१९ यताको पहिलो पुष्टि गरिएको अतिक्रमण भन्नुभयो ।सेनाले लडाकू विमानहरू उडाएर र रेडियो तथा फ्लेयर चेतावनीहरू जारी गरेर प्रतित्रिया दिएको रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूलाई बताउनुभयो ।

५१ औँ थाक खेलकुद प्रतियोगिताको उपाधि लेते र टुकुचेलाई

५१औँ थाक खेलकुद प्रतियोगिताको उपाधि निर्मल स्पोटिङ लेते र निलगिरि युवा क्लव टुकुचेले जितेका छन् । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा सोमबार सम्पन्न भलिबल खेलको फाइनलमा पुरुषतर्फ लेते र महिलातर्फ टुकुचे बिजयी भएका हुन् । पुरुषतर्फ अन्नपूर्ण युवा क्लव ताक्लुङलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै लेतेले उपाधि चुमेको आयोजक थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाका अध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो ।   

तनहुँका गुरुङद्वारा मनास्लु हिमालको सफल आरोहण

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ निवासी पर्वतारोही प्रकाश गुरुङले मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गुरुङले मनास्लु वेसक्याम्पबाट १३ दिनको अवधिमा हिमालको सफल आरोहण गर्नुभएको हो । भदौ १४ गते काठमाडौँबाट पैदलयात्रा गरी २२ गते वेसक्याम्प पुग्नुभएका गुरुङले गत शुक्रबार मनास्लु हिमालको आरोहण पूरा गर्नुभएको हो । आफूसँगै एक अमेरिकी पर्यटकले समेत हिमालको आरोहण गरेको गुरुङले राससलाई जानकारी दिनुभयो ।

समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले साहित्यमार्फत समाजलाई विशिष्ट रुपमा देखाउन सकिने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव, २०८१ को पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले समाजको वास्तविकतालाई देखाउने भएकैले साहित्यकार अभौतिक सम्पदाका रुपमा स्थापित भएको बताउनुभयो । 

भागेर जाने भएको भए पहिलै जान सक्थेँ : छविलाल जोशी

 काठमाडौँको शंखमुलबाट पक्राउ परेर पोखरा ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी मुद्दामा मंगलबारदेखि मात्रै बयान सुरु हुने भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले उनीसँग मंगलबारदेखि बयान लिने भएको हो ।  जोशीले सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको आरोप छ । सरकारी वकिल समक्ष प्रहरीले बयान लिने व्यवस्था छ ।  ‘

अर्को म्याद थप लिने बेलासम्म बयान लिएर जानुपर्छ । प्रहरी र सरकारी वकिलको फुर्सदमा बयान लिइन्छ,’ कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले भने, ‘पक्राउ पुर्जी जारी गर्दा लागेको आरोपकै आधारमा बयान चलाउने हो । मुद्दा हेर्दै जाँदा अरू विषय पनि आकर्षित हुन सक्छ ।’

मेलम्ची खानेपानी भ्रष्टाचार : पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई कैद निर्धारण

 मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई विशेष अदालतले कैद निर्धारण गरेको छ ।अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ठाकुरलाई ८ वर्ष एक महिना कैद र बिगो बमोजिम जरिवाना निर्धारण गरेको हो । विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो  । यस प्रकरणमा ११ जनाले अभियोगबाट सफाइ दिएको थियो ।

प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट

 प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कर्टेभलबीच जङ्गी अड्डामा शिष्टाचार भेटवाताए भएको छ । त्यस्तै, आजै प्रधान सेनापति र नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जारवान अल शम्सीबीच पनि जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।उक्त भेटवार्तामा आपसीहित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

बागमती प्रदेशसभा बैठकः तीन विधेयक सर्वसम्मतिले पारित

बागमती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले तीन विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको छ । उक्त बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सर्वसम्मतिबाट पारित गरेको हो । सो बैठकमा क्रमशः प्रदेश स्वास्थ्यमन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भनि पेश गर्नुभएको थियो ।

फिल्म ‘तेल भिसा’को डविङ सुरु

 अभिनेता विपीन कार्कीको मुख्य भूमिका रहेको सिनेमा ‘तेल भिसा’को डविङ सुरु गरेका छन् । अबको केही दिनमा सिनेमाको सकिने अभिनेता कार्कीले बताए । निर्देशक शंकर घिमिरेले सिनेमाको अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको बताए । यसका साथै ‘तेल भिसा’ नामलाई व्यंग्यात्मक रुपमा उच्चारण गरिने हुँदा त्यसरी नै प्रस्तुत गरिएको हो भन्ने प्रश्नमा निर्देशक घिमिरेले विदेशमा बस्ने हरेक नेपालीको इमोसन जोडिएकाले त्यसलाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरिएको बताए । 

पाकिस्तानमा हिन्दु मन्दिरमा झडप र तोडफोड

पाकिस्तानमा एउटा हिन्दु मन्दिरमा झडप र तोडफोडको घटना सार्वजनिक भएको छ । पाकिस्तानको हैदरबादस्थित रामापिर मन्दिरमा झडप र तोडफोडको घटना सार्वजनिक भएको हो ।पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार घटनामा ४ जना घाइते भएका थिए । प्रहरीले घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै स्थानीय हिन्दु समुदाय विरोधमा उत्रेका छन् ।हिन्दु समुदायले हैदराबाद प्रेस क्लब र प्रहरी कार्यालयमा प्रदर्शन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । प्रहरीले भने घटनामा संलग्न भएको आरोपमा ११ जनाविरुद्ध उजुरी दर्ता भएको र आवश्यक कारवाही प्रक्रिया अघि बढेको जनाएको छ । 

अमेरिका, चीन र भारतद्वारा श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति दिसानायकालाई बधाइ तथा शुभकामना

अमेरिका, चीन र भारतलगायतका मुलुकले श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकालाई बधाई तथा शुभकामना दिएका छन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलङ्काका नवनियुक्त राष्ट्रपति दिसानायकालाई बधाई तथा शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समार्फत् दिनुभएको सन्देशमा भनिएको छ,“अनुरा कुमारा दिसानायका, श्रीलङ्काको राष्ट्रपति चुनावमा तपाईंको विजयका लागि बधाई।” “भारतको छिमेक प्रथम नीति र भिजन सागरमा श्रीलङ्काको विशेष स्थान छ । हाम्रा जनता र सम्पूर्ण क्षेत्रको हितका लागि हाम्रो बहुआयामिक सहयोगलाई थप मजबुत बनाउन म तपाईंसँग नजिकबाट काम गर्न उत्सुक छु,” उहाँले एक्समा लेख्नुभएको छ ।