बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु

धनगढीमा बेहोस् अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ।

आइतबार धनगढीको ट्राफिक चोकमा बेहोस् अवस्थामा भेटिएका अन्दाजी ३५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको पहिचान हुन सकेको छैन। शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।