अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन जादैँ

 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन् । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री  पौडेल चीन जान लागेका हुन् ।

उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्कनेछन् ।