नेपाल प्रहरीका दुई डीआईजीको सरुवा

नेपाल प्रहरीका दुई डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डीआईजीद्वय जनक भट्टराई र अर्जुन चन्द ठकुरीको सरुवा गरेको हो ।डीआईजी भट्टराईको कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा भएको छ भने  ठकुरीको अपराध अनुसन्धान बिभाग नक्सालमा सरुवा भएको जनाइएको छ ।