प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले शैक्षिक प्रमाणपत्र बुझाउन नसक्दा नाम अस्वीकृत गरिँदै

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले स्नातकको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्ने भएको छ ।

आज बसेको समिति बैठकमा भट्टराईको नाम अस्वीकृतिका लागि आवश्यक संख्या नपुगेपछि भोलिको बैठकमा अस्वीकृत गर्न लागिएको छ । 

समितिको आजको बैठकमा १५ मध्ये आठ जनामात्रै उपस्थित भएकाले  दुईतिहाईका लागि भोलि बैठक राखिएको हो । भट्टराईसँग यसअघि समितिले स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन आजसम्मको म्याद दिएको थियो ।

सरकारले यसअघि प्रस्तावित १८ मध्ये १६ राजदूतको नाम अनुमोदन भइसकेको छ । तीमध्ये पनि चार जना बहुमतको आधारमा र १२ जना सर्वसम्मत भएका थिए । दुई जनामध्ये अष्ट्रेलियाका लागि प्रस्तावित कान्ता भट्टराईको नाम निर्णय भएपनि सरकारले पछि फिर्ता लिएको थियो ।

उनले यसअघि इजरायलमा राजदूत हुँदा लगिएको सहयोगीलाई इजरायलमा छाडेर आएपछि त्यहाँको सरकारले गम्भीर आपत्ति जनाएको थियो ।