नेप्से : ५९.०२ अंकले घट्याे , कारोबार रकम ५ अर्ब ६६ करोड ३ लाख

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेर बन्द भएको छ । नेप्से ५९.०२ अंकले घटेर दुई हजार ५ सय २९ दशमलव ३३ विन्दुमा बन्द भएको हो ।       

नेप्सेमा आज ५ अर्ब ६६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४ वटाको बढेको छ भने २२९ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                

आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । हिमालयन हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ५४७ रुपैयाँ पुगेको छ । यसका साथै आज एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य ८.१२ प्रतिशतले बढेको छ ।   

चार कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २१ करोड १३ हजार बराबरको कारोबार भएको छ ।