पोखरामा रास्वपा कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने

 पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र सहकारी बचतकर्ता आमनेसामने भएका छन् ।

रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता–कार्यकर्ताले पोखरामा विरोध प्रदर्शन गरेपछि सहकारी पीडितहरू पनि आन्दोलनको लागि पुगेका हुन् ।

अहिले दुवै पक्षका प्रदर्शनकारी पोखरा सहिदचोकमा रास्वपा र सहकारी बचतकर्ता आमनेसामने भएका हुन् ।केही दिनअघि रास्वपाको बैठक चलिरहँदा उनीहरूले पोखरामा प्रदर्शन गरेका थिए । हिजो काठमाडौंमा पार्टी कार्यालयमा भिडभाड भए पनि पोखरामा थोरै मात्र कार्यकर्ता जम्मा भएका छन् ।

दुवै समूहले चर्को रुपमा नारा लगाइरहेका छन् । सहकारी बचतकर्ताले रविविरुद्ध नाराबाजी गरिरहेका छन् । ‘सहकारी रकम अपचलन गर्ने रविलाई कारबाही गर’ र रास्वपाका कार्यकर्ताले ‘परिचालितहरू होसियार’ जस्ता नारा लगाएका हुन् ।

रास्वपाका कार्याकर्ताको भने सहकारी ठगेको कारण नभई लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको उनीहरूको जिकिर छ ।

प्रदर्शनमा सहभागी रास्वपाका कार्यकर्ताले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारासहितका प्लेकार्ड बोकेका छन् ।