त्रिवि शिक्षण अस्पतालमा ३ जना क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले ३ जना क्लिनिकल रजिस्ट्रार पदका लागि आवेदन माग गरेको छ ।

कर्मचारी प्रशासन शाखाले एक सूचना प्रकाशित गर्दै अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले मिति २०८१ साल असोज १३ गते कार्यालय समय ५ बजेभित्र आवेदन फाराम भर्न सकिने छ । त्यसका लागि त्रि.वि. शिक्षण अस्पतालको हिमालयन बैंक महाराजगन्जको खाता नं. ००२००५५३६५००१८ मा परीक्षा दस्तुर बापत रु. दुई हजार जम्मा गर्नुपर्ने हुन्छ ।

रीत नपुगी प्राप्त हुन आएका दरखास्त फारामहरू उपर कुनै कारबाही नहुने सूचनामा उल्लेख छ । विस्तृत जानकारीका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सकिनेछ ।