धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन्। आइतबार राति भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ।

हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ। सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ।

थप विवरण आउन बाँकी छ।