सहकारी ठगीमा छविराज जोशी पक्राउ परेपछि त्रसित रवि लामिछाने, स्ट्रन्ड गर्दै

कुनै बेलाका ब्यापारिक साझेदार नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछाने त्रसित भएका छन्। 

पोखराको सुर्यादर्शन सहकारीको सवा एक अर्ब अपचलन प्रकरणमा प्रहरीले आइतबार छविलाई पक्राउ गरेपछि रवि जुनसुकै बेला पनि पक्राउ पर्नसक्ने भयमा छन्। एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शनसहित चार सहकारीको ६५ अर्ब रुपैयाँ गोर्खा मिडियामा लगेको निष्कर्ष निकालेको थियो। यसमा सहकारीका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालकद्वय कुमार रम्तेल र जोशीलाई कारबाही गर्न भनेको थियो।

सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिएसँगै प्रहरी एक्सनमा उत्रिएपछि रवि पनि जुनसुकै बेला पक्राउ पर्ने संकेकत देखा परेको छ । किनकी जिबी फरार छन् रम्तेल पुर्पक्षका लागि थुनामा छन्। ६५ करोढ रुपैयाँ  राई, जोशी र लामिछानेले ग्लोबलआइएमाई बैंकमा रहेको संयुक्त बैंक खातामा गएको थियो। जसमध्ये लामिछाले १६ वटा चेकमा हस्ताक्षर गरेका थिए। लामिछानेको हस्ताक्षरमा गोर्खा मिडियामा २३ करोड ७९ लाख ८९ हजार ७३१ रुपैयाँको कारोबार भएको भनिएको छ। जोशी भाग्ने तयारीमा रहेकाले प्रहरीले जरुरी पुर्र्जी दिएर पक्राउ गरेको हो।

प्रहरीले ६ महिना अघि जोशीको घरमा छापा मारेको थियो। जोशीको घरमा नेचर हब इन्टरनेश्नल प्रालिको कार्यालयसमेत सञ्चालित थियो । त्यहाँबाट पोखरास्थित सूर्यदर्शन सहकारीको सफ्टवेयरसहितका विवरण र अन्य सामग्री बरामद भएको प्रहरीले थियो। सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम ठगी भएको घटनामा संस्थापक अध्यक्ष जीबी राई, अध्यक्ष थानबहादुर बुढा मगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी छ।

संस्थापक अध्यक्ष राई र पूर्वडीआईजी जोशी व्यवसायिक साझेदार समेत हुन्। अनुसन्धानका क्रममा, जोशीको घरमा सूर्यदर्शन सहकारीसँग सम्बन्धित विषयहरु भएको खुलेपछि उनको घरमा छापा मारिएको थियो।

पूर्व डीआईजी जोशी अवकाशपछि नेटवर्किङ ब्यबसायको साझेदार बनेर जीवी राईको समूहमा पुगेका थिए। उनीहरुको समूहले सुरु गरेको ग्यालेक्सी टीभीमा सुरुवाती समयमा उनी उपाध्यक्ष थिए।

टिभीमा पुगेपछि छवीलाल जोशी रविका साझेदार पनि हुन् पुगे। पूर्वगृहमन्त्री समेत सभापति लामिछानेलाई अदालतबाट अनुमति लिएर पक्राउ गर्ने प्रहरीको तयारी छ। रविको सूर्यदर्शनका सेयर सदस्य होइनन् । तर, उनको खातामा सहकारीबाट एक करोड ऋण निकासा भएको पोखरा महानगरको छानबिन प्रतिवेदनमा उल्लेख छ। संसदीय छानबिन समितिले भने यसबारे निष्कर्ष निकाल्न सकेको छैन। तर, पीडितको पुरक उजुरीका आधारमा प्रहरीले रविलाई पक्राउ गर्नसक्ने आधार छ। त्यसबाहेक संसदीय छानबिन समितिको सिफारिस पनि छ। 

रवि पक्राउ पर्ने भयले रास्वपा केन्द्रीय पार्टी कार्यालय, वनस्थलीमा कार्यकर्तामाझ छन्। आफूलाई पक्राउ गर्न लागेको आशंकामा लामिछानेले कार्यकर्तालाई पार्टी कार्यालय झिकाएका छन्। 

रविले भने आफूमाथि सरकारले ट्रायल गरिरहेको आरोप लगाए।  कार्यालयमा जम्मा भएको कार्यकर्ताको भिडलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘म भागेको छैन। लुकेको छैन। जुन ट्रायल गर्न खोजेको छ त्यो मैले बुझेको छैन। पक्राउ गर्नेबारे सरकारले त्यस्तो तयारी गरेको छैन भने पनि भरोसा गर्न सक्ने अवस्था छैन। मलाई सरकारको अनुकम्पा चाहिँदैन, तर कुनै अन्याय गर्न पाइँदैन। कसैको राजनीति बचाइदिनका लागि मैले बलिबेदीमा चढ्नुपर्ने।’