गर्भवती महिलाको पेटभित्र बच्चा र बच्चाको पेटभित्र बच्चा

अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ । डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ ।

बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् । जाँचका क्रममा उनको पेटभित्र रहेको नवजात शिशुको पेटमा बच्चा हुन सक्ने आशंका देखियो । मेडिकल कलेजमा दोहोर्याएर जाँच्दा यो कुरा सत्य साबित भयो ।

महिलाले सामान्य प्रसव प्रक्रियाबाट छोरीलाई जन्म दिएकी थिइन् । अल्ट्रा साउन्डको रिपोर्टमा महिलाको पेटभित्र रहेको बच्चाको पेटमा एउटा गाँठो जस्तो देखिएको थियो । सीटी स्क्यानका क्रमा पेटमा बच्चा नै भएको सम्भावना धेरै पाइयो । यस्तो खालको मामिला दूर्लभ हुन्छ । पाँच लाख महिलामा एक जनामा यस्तो हुन्छ । अहिलेसम्म विश्वभर यस्ता खालको २०० मामिला देखिएका छन् ।