प्रत्यक्ष प्रसारण भैरहेकै बेला अलजजिरामा इजरायली सेना छिर्‍यो, ४५ दिनका लागि बन्द गर्न आदेश

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा अवस्थित अलजजिरा मिडियामा इजरायली सेना छिरेको छ । 

वेस्ट बैंकको रामल्लाहस्थित न्युज च्यानल अल जजिराको कार्यालयमा प्रत्यक्ष प्रसारण भइरहेकै समयमा प्रवेश गरी सेनाले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश पनि दिएको छ।

हातहतियारसहित नकाबधारी इजरायली सैनिकहरू आइतबार बिहान लाइभ प्रसारणको समयमा भवनमा प्रवेश गरेका हुन् । प्रत्यक्ष प्रसारण भइरहेकै समयमा सेना प्रवेश गरेपछि ब्युरो प्रमुख वलीद अल-ओमारी सेनाले प्रारम्भिक अवधिमा ४५ दिन कार्यालय बन्द गर्न आदेश दिएको जानकारी दिए ।

इजरायली सेनाले अल जजिरा राष्ट्रिय सुरक्षाका खतरा भनेर गएको मेमा नजारेथ र पूर्वी यरुशलेमस्थित कार्यालयहरूमा पनि छापा मारेको थियो। 

सैनिकहरूले सडकबाहिर अन्तिम माइक्रोफोन र क्यामेरा जफत गरेका थिए । यस्तै पत्रकार मोहम्मद अलसाफिनलाई कार्यलयबाट बाहिर निकालेर दुर्व्यवहार गरेको बताइएको छ ।

सेनाले अलजजिरालाई तत्काल ४५ दिनका लागि प्रतिबन्ध लगाए पनि यो अवधि बढ्न सक्ने बताइएको छ ।