भागेर उत्तर कोरिया पुगेका अमेरिकी सैनिकलाई १ वर्षको जेल सजाय

गत वर्ष अमेरिका फर्किनुअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका अमेरिकी सेनाका सिपाही ट्राभिस किङलाई एक वर्षको जेल सजाय सुनाइएको छ।

योसँगै उनलाई सेनाबाट निष्कासन गरिएको हो।जुलाई २०२३ मा ट्राभिसलाई गैर-कमिसन अधिकारीलाई आक्रमण र सेना परित्याग गरेको आरोप लगाइएको थियो।तर उनको सेवा र राम्रो व्यवहारका कारण उनलाई रिहा गरिएको उनको वकिलले बीबीसीलाई बताएका थिए।

टेक्सासको फोर्ट ब्लिसमा शुक्रबार भएको सुनुवाइका क्रममा उनलाई लागेका १४ अभियोगध्ये ५ मा दोषी ठहर गरियो भने अन्य आरोप खारेज गरिएको छ। 

ट्राभिस किङ जनवरी २०२१ मा अमेरिकी सेनामा भर्ना भएका थिए। उनलाई युनिट रोटेसनअन्तर्गत दक्षिण कोरियामा तैनाथ गरिएको थियो, जहाँबाट उनी भागेर उत्तर कोरिया पुगेका थिए।