श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुदैँ

श्रीलङ्कामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भइरहेको छ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो ।

स्थानीय समय अनुसार बिहान ७ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म देशभरका १३ हजार १३४ मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिकोदौडमावर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेसहित जनाथा विमुक्‍ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायक, समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसा, राजापक्षे परिवारका श्रीलंका पोडूजना पेरामुना पार्टीका नमल राजापक्षे, पिपुल्स स्ट्रगल एलाइन्सका नुवान बोपेज प्रमुख उम्मेदवार रहेका छन् ।

यस निर्वाचनका लागि १७ मिलियन मतदाता मतदानका लागि योग्य रहेको बताइएको छ । श्रीलङ्कामा १८ वर्ष पुगेर दर्ता गरेका नागरिकले मतदान गर्न पाउने संवैधानिक व्यवस्था छ ।

पहिलो चरणमै निर्वाचित हुन कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ ।

सुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ । सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ ।

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शीर्ष दुई उम्मेदवार मध्ये एक जनालाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ ।

श्रीलङ्कामा राष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न पाउने व्यवस्था रहेको छ ।

श्रीलङ्कामा ठूलो विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नु परेको थियो भने प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिनुपरेको थियो । त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलङ्काको राष्ट्रपति बनेका थिए ।

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता

भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्…

आफ्नै पिताले  १४ वर्षीय छोरालाई लुटपाट गर्न लगाएपछि...

आफ्नै पिताले १४ वर्षीय छोरालाई लुटपाट गर्न लगाएपछि...

इजरायलले आफ्नो सेनाले छतबाट शव फ्याँकिएको भिडियो खिचेपछि अनुसन्धान किन गरिरहेको छ?

इजरायलले आफ्नो सेनाले छतबाट शव फ्याँकिएको भिडियो खिचेपछि अनुसन्धान किन गरिर…

युक्रेनलाई गोलाबारुद हस्तान्तरण गरेको प्रतिवेदनलाई भारतले ‘सट्टा’ भन्दै अस्वीकार किन गर्यो?

युक्रेनलाई गोलाबारुद हस्तान्तरण गरेको प्रतिवेदनलाई भारतले ‘सट्टा’ भन्दै अस्वीका…

तिरुपति मन्दिर प्रसाद मुद्दामा राहुल गान्धीले के भने?

तिरुपति मन्दिर प्रसाद मुद्दामा राहुल गान्धीले के भने?

पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिच  भिडन्त,  सेनाका ६ जवानको मृत्यु

पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिच भिडन्त, सेनाका ६ जवानको मृत्यु

नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने

नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने

‘सेक्सुअल ह्यारसमेन्ट’ को आरोपमा ‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर पक्राउ

‘सेक्सुअल ह्यारसमेन्ट’ को आरोपमा ‘स्त्री २’ का कोरियोग्राफर जानी मास्टर पक्राउ