पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिच भिडन्त, सेनाका ६ जवानको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वामा पाकिस्तानी सुरक्षा बल र चरमपन्थीबिचको छुट्टाछुट्टै भिडन्तमा सेनाका ६ जवानको मृत्यु भएको छ । यस घटनामा १२ जना आतङ्ककारी मारिएको बताइएको छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार, छुट्टाछुट्टै मामिलामा सेनाको जवाफी कारबाहीमा मुठभेडको क्रममा १२ आतङ्ककारी मारिएका हुन् ।‘आतंकवादीहरू विरुद्धको यो अभियान खैबर पख्तुनख्वाको उत्तर र दक्षिण वजिरिस्तानमा गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको थियो,’ विभागले विज्ञप्तिमा भनेको थियो ।

विज्ञप्तिका अनुसार आतंककारीहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ बरामद गरिएको छ ।