एडिबीद्वारा भारतको जल संरक्षणका लागि सहयोग स्वीकृत

जलस्रोत व्यवस्थापन, पानीमा पहुँच तथा जलवायु परिवर्तनका प्रभावलाई सुधार गर्न एसियाली विकास बैङ्क (एडीबी) ले भारतका लागि शुक्रबार ५० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

भारतको मेघालय राज्यमा जलवायु–अनुकूल समुदाय–आधारित जल–सङ्कलन परियोजनाले मौसमको जोखिम व्यवस्थापन गरी जलसञ्चय प्रणाली गुरूयोजना विकास गर्न मद्दत गर्ने एडिबीले जनाएको छ । 

आयोजनाले १२ जिल्लामा ५३२ वटा पानी भण्डारण सुविधा निर्माण गर्न सहयोग गर्ने बैङ्कले जनाएको छ। मनसुनको समयमा जलवायु परिवर्तन, भारी वर्षा र बाढीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्षम बनाइने उल्लेख गरिएको छ ।  

भण्डारण गरिएको पानीले हिउँदे सुख्खा मौसममा सिँचाइको पानी उपलब्ध गराउने र मनसुनको समयमा बाढी व्यवस्थापनमा फाइदा पुग्ने जनाइएको छ ।

परियोजनाले अन्तरर्गत एडीबीले कृषकलाई भरपर्दो सिँचाइ क्षेत्र उपलब्ध गराउने कम्तीमा तीन हजार हेक्टर ‘कमाण्ड एरिया’ पनि विकास गर्ने जनाएको छ ।