नेता भाषण गरिरहेका बेला इजरायलद्वारा लेबनानमा हवाई हमला

नसरल्लाहले भाषण दिइरहेका बेला इजरायली सेनाले भने हिजबुल्लाहको स्थानमा हवाई आक्रमण गरेको छ। 

बेरुतमा उपस्थित बीबीसी संवाददाता ह्युगो बाचेगाले भाषणका क्रममा धेरै विमान कम उचाइमा उडेको देखेको बताएका छन्।इजरायली सेनाले विज्ञप्तिमा भन्यो- दशकौँदेखि हिजबुल्लाहले नागरिकलाई सशस्त्र बनाएको छ, सुरुङ खने र सर्वसाधारणलाई ढाल बनाएर आक्रमणहरू गरेको छ। यस कारणले गर्दा दक्षिणी लेबनान युद्ध क्षेत्र बनेको छ।

उनले पेजर र वाकी-टकी विस्फोटका लागि इजरायललाई दोष दिएका छन्। इजरायलले निर्दोष मानिस र बालबालिकाको जीवनको समेत मतलब वास्ता नगरेको आरोप उनले लगाए। 

करिब चार हजार पेजरलाई निशाना बनाइएको उनले बताए।उनले पेजर र वाकी-टकी विस्फोटमा मारिएकामध्ये कतिपयको अहिलेसम्म आधिकारिक तथ्यांकमा नसमेटिएको बताए।नसरल्लाहले इजरायलले एकै समयमा ४,००० मानिसलाई मार्ने प्रयास गरेको आरोप लगाए र बुधबारको आक्रमण पनि करिब एक हजार मानिसलाई मार्ने उद्देश्य रहेको बताए।

उनले भने, ‘यो सरासर आतंकवाद हो। हामी यी आक्रमणलाई मंगलबारको नरसंहार र बुधबारको नरसंहार भन्नेछौँ। यी युद्ध अपराध वा कम्तीमा युद्धको घोषणा हो।’उनले थपे, ‘धेरै पेजर सेवा पुराना वा बन्द गरिएका थिए। केही अझै पसलमा थिए त्यसैले थप क्षति भएन।’