‘देश र जनतालाई केन्द्रमा राखौँ’

काठमाडौँ,  ३ असोजः आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना  सन्देशमा उहाँले संविधानबारे विभिन्न कोणबाट भइरहेका बहसमा सहभागी हुन सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ । 

 सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनताबाट भएकोे योगदानको स्मरण गर्दै सन्देशमा उहाँले हाम्रोजस्तो सानो मुलुकमा तीन तहका सरकार र यति धेरै सङ्ख्यामा स्थानीय तह आवश्यकपर्ने वा नपर्नेबारे  बहस गर्न आवश्यक भएको बताउनुभएको छ ।