अध्यक्ष योहेइ नेतृत्वको प्रतिनिधिमण्डलद्वारा रासस अवलोकन

काठमाडौँ, २ असोजः विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागिरहनुभएका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावा नेतृत्वको प्रतिनिधिमण्डलले आज रासस केन्द्रीय कार्यालयको अवलोकन गर्नुभएको छ । नेपाल भ्रमणमा आएको उक्त प्रतिनिधिमण्डलले नेपालकै पहिलो रासस मिडिया सङ्ग्रहालय चासोका साथ अवलोकन गरेको थियो । 

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस सेवाका साथै सङ्ग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो । द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्व स्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । योहेइले कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभाव विरुद्धको लडाईँमा ४० वर्षभन्दा बढी समय व्यतीत गरिसक्नुभएको छ ।

उहाँ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानव अधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सदभावनादूत नियुक्त हुनुभएको थियो । उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत हुनुहुन्छ ।

यसैबीच ख्वप मावि देकोचा भक्तपुरका पत्रकारिता मुख्य विषय लिइ अध्ययनरत विद्यार्थीले रासस केन्द्रीय कार्यालय र मिडिया सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । स्कुलमा कक्षा १२ मा अध्ययनरत ४० भन्दा बढी छात्रछात्राहरुले राससमा हुने कार्यसम्पादनको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । राससको मिडिया सङ्ग्रहालय अवलोकनका क्रममा राससका कार्यकारी अध्यक्ष झाले पत्रकारिता पेसामा भविष्य राम्रो रहेको भन्दै मेहनत गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । 

उहाँले मिडियाको विकासबारे जानकारी गराउन राससकै अगुवाइमा सङ्ग्रहालयको स्थापना गरेको जानकारी गराउनुभयो । उहिलेको पत्रकारिताको अवस्था, पत्रकारितामा प्रयोग भएका सामग्रीले जानकारी मिल्ने भएकाले सङ्ग्रहालय स्थापना गरिएको उहाँले विद्यार्थीलाई सुनाउनुभयो । सङ्ग्रहालयमा मिडियासँग सम्बन्धित सामग्रीको सङ्ख्या निरन्तर बढाउँदै लैजाने योजना रहेको कार्यकारी अध्यक्ष झाले जानकारी दिनुभयो ।
     
सङ्ग्रहालयमा विसं २०१८ देखि राससमा प्रयोग भएका समाचारसम्बन्धी उपकरणसहित ४६ प्रकारका सामग्री राखिएका छन् ।काठमाडौँ, २ असोजः विश्वमै कुष्ठरोग निवारणका लागि अनवरत लागिरहनुभएका जापानको ‘द निप्पोन फाउण्डेसन’का अध्यक्ष योहेइ सासाकावा नेतृत्वको प्रतिनिधिमण्डलले आज रासस केन्द्रीय कार्यालयको अवलोकन गर्नुभएको छ । नेपाल भ्रमणमा आएको उक्त प्रतिनिधिमण्डलले नेपालकै पहिलो रासस मिडिया सङ्ग्रहालय चासोका साथ अवलोकन गरेको थियो । 

सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस सेवाका साथै सङ्ग्रहालयका बारेमा जानकारी गराउनुभएको थियो । द निप्पोन फाउण्डेसनले सन् १९७५ देखि विश्व स्वास्थ्य सङ्गठनमार्फत कुष्ठरोग प्रभावित देशका राष्ट्रिय कुष्ठरोग कार्यक्रमलाई सहयोग गर्दै आएको छ । योहेइले कुष्ठरोग र यसको साथमा जोडिने कलङ्क र सामाजिक भेदभाव विरुद्धको लडाईँमा ४० वर्षभन्दा बढी समय व्यतीत गरिसक्नुभएको छ ।

उहाँ कुष्ठरोग प्रभावित व्यक्तिहरुको मानव अधिकारका लागि सन् २००७ देखि हालसम्म जापानी सरकारका सदभावनादूत नियुक्त हुनुभएको थियो । उहाँ सन् २००१ देखि हालसम्म विश्वस्वास्थ्य सङ्गठनद्वारा कुष्ठरोग निवारणका लागि सद्भावनादूतका रुपमा कार्यरत हुनुहुन्छ ।

यसैबीच ख्वप मावि देकोचा भक्तपुरका पत्रकारिता मुख्य विषय लिइ अध्ययनरत विद्यार्थीले रासस केन्द्रीय कार्यालय र मिडिया सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । स्कुलमा कक्षा १२ मा अध्ययनरत ४० भन्दा बढी छात्रछात्राहरुले राससमा हुने कार्यसम्पादनको अध्ययन अवलोकन भ्रमण गरेका हुन् । राससको मिडिया सङ्ग्रहालय अवलोकनका क्रममा राससका कार्यकारी अध्यक्ष झाले पत्रकारिता पेसामा भविष्य राम्रो रहेको भन्दै मेहनत गर्न विद्यार्थीलाई सुझाव दिनुभयो । 

उहाँले मिडियाको विकासबारे जानकारी गराउन राससकै अगुवाइमा सङ्ग्रहालयको स्थापना गरेको जानकारी गराउनुभयो । उहिलेको पत्रकारिताको अवस्था, पत्रकारितामा प्रयोग भएका सामग्रीले जानकारी मिल्ने भएकाले सङ्ग्रहालय स्थापना गरिएको उहाँले विद्यार्थीलाई सुनाउनुभयो । सङ्ग्रहालयमा मिडियासँग सम्बन्धित सामग्रीको सङ्ख्या निरन्तर बढाउँदै लैजाने योजना रहेको कार्यकारी अध्यक्ष झाले जानकारी दिनुभयो ।
     
सङ्ग्रहालयमा विसं २०१८ देखि राससमा प्रयोग भएका समाचारसम्बन्धी उपकरणसहित ४६ प्रकारका सामग्री राखिएका छन् ।