सुरुङ मार्गभित्र छिरेर अत्तालिँदै भागिरहेको एक कुकुर (भिडिओ)

हङकङमा सुरुङ मार्गभित्र छिरेर अत्तालिँदै भागिरहेको एक कुकुरको भिडिओ सामाजिक सञ्जाल भाइरल भएको छ। मंगलबार पोस्ट गरिएको एउटा भिडिओमा लुङसान सुरुङमा सेतो कुकुर अत्तालिएर दौडिरहेको देखिन्छ।

कुकुर दौडिरहेको भिडिओ पछाडि गुडिरहेको गाडीबाट खिचिएको देखिन्छ। त्यसपछि सुरुङका एक कर्मचारी किनाराबाट तल झरेर चालकलाई गाडी बिस्तारै चलाउन इशारा गर्छन्।

कुकुर अत्तालिँदै भागिरहेकै हुन्छ। अलि अगाडि सुरुङका अर्का कर्मचारीले समाउने प्रयास गर्दा पुनः विपरीत दिशातिर दौडन्छ। अर्को भिडिओमा कुकुर सुरुङमा रहेको ब्यारियर चढ्न खोज्छ तर असफल हुन्छ। कर्मचारीहरूले उसलाई समात्ने प्रयास गर्छन् तर असफल हुन्छन्। भिडिओ सामाजिक सञ्जालमा फैलिएपछि स्थानीय मिडियाको जिज्ञासामा सुरुङ व्यवस्थापनले अन्ततः कुकुर आफैँ सुरुङबाट बाहिर निस्किएको बताएका छन्।

भिडिओ-