युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको निन्दा

 युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको निन्दा गरेका छन् ।

 युक्रेनका एक कट्टर समर्थकले आइतबार गल्फ कोर्समा ट्रम्पमाथि गोली हान्ने प्रयास गरेका थिए । सन्दिग्धलाई रुसविरुद्ध युक्रेनी युद्धको समर्थकको रूपमा पहिचान गरिएको छ ।  हत्या प्रयासका सन्दिग्ध घटनाको केही बेरपछि समातिएका थिए । उनको पक्राउलाई जेलेन्स्कीले राम्रो भनेको भन्दै एएफपीले समाचार छापेको छ ।

संसारमा राजनीतिक हिंसाको लागि कतै ठाउँ नभएको पनि उनले बताए । ५८ वर्षका सन्दिग्ध र्‍यान वेस्ले रुथको युक्रेनको राज्य संरचनामा कुनै हैसियत ओहोदा नभएको र उनी समर्थकको रूपमा मात्रै युक्रेन आएको एक उच्च पदस्थ युक्रेनी अधिकारीले भने ।

 उनीजस्ता अनेकौँ मानिस भएको पनि उनले बताए । युक्रेनमा लडाई लडिरहेको विदेशी स्वयंसेवक लडाकुहरूको संगठनले पनि रुथसँग आफ्नो कुनै साइनो नभएको बताएको छ ।