जिप र ट्रक ठोकिँदा ८ जनाको मृत्यु

काठमाडौँ, ३१ भदौः भारत राजस्थानको सिरोही जिल्लामा आइतबार राति जिप र ट्रक ठोकिँदा ८ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार राजस्थानको सिरोही जिल्लाको पिन्डवारामा आइतबार राति सो दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा एक महिला र एक बालकसहित आठ जनाको ज्यान गएको छ।

साथै दुर्घटनामा १८ जना घाइते भएका छन्।प्रहरीका अनुसार जिपमा क्षमताभन्दा बढी यात्रु थिए।