भारतमा बलात्कारको आरोपमा टीएमसी नेता पक्राउ

भारतमा बलात्कारको आरोपमा तृणमूल कंग्रेस (टीएमसी) का नेता पक्राउ परेका छन्।

भारतीय अनलाइन पत्रिका हिन्दुस्तानका अनुसार टीएमसी नेता नारायण मित्रालाई प्रहरीले पक्राउ गरेको हो। उनी ट्रेड युनियन नेता पनि हुन्। तर बलात्कार आरोपमा प्रहरीमा एफआईआर (जाहेरी) दर्ता भएपछि टीएमसीले उनलाई ट्रेड युनियनबाट निलम्बन गरेको छ। 

उनले युवतीलाई आफ्नै निवासमा बलात्कार गरेको आरोप छ।पीडितलाई उनले बाँकुरास्थित आफ्नै निवासमा दुई/तीन दिनसम्म यौन शोषण गरेको दाबी पीडित परिवारले गरेका छन्।